site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारत र पाकिस्तानका सैन्य अधिकारीबीच उच्चस्तरीय वार्ता हुँदै
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारत र पाकिस्तानका सैन्य अधिकारी (डीजीएमओ)बीच आज उच्चस्तरीय वार्ता हुने भएको छ । दुई देशबीचको जारी तनावलाई लिएर सैन्य अधिकारीबीच हटलाइनमार्फत वार्ता हुन लागेको हो ।

वार्ता हालैको युद्धविराम र सीमा क्षेत्रमा हुने तनावलाई दीर्घकालीनरूपमा समाधान गर्ने विषयमा केन्द्रित हुनेछ ।

भातीय पक्षले वार्तामा कश्मीर र इन्दुस जल सन्धिबारे कुनै छलफल नहुने स्पष्ट पारेको छ ।

रक्षाविज्ञ सञ्जीव श्रीवास्तवले डीजीएमओस्तरको वार्ता दुवै देशका लागि निकै महत्त्वपूर्ण रहेको बताएका छन् । "वार्ता भारत र पाकिस्तानबीच भएको युद्धविरामको सहमतिलाई कसरी निरन्तरता दिने भन्ने विषयमा केन्द्रित हुनेछ," उनले भनेका छन् ।

हिन्दुस्तान टाइम्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ०९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro