site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चुनावी समीक्षाका लागि महासमिति बैठकको तयारीमा देउवा
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको महासमिति बैठकको तयारीमा लागेका छन् । पार्टीभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बारेमा समीक्षा गर्नुपर्ने माग उठेपछि देउवा महासमिति बैठक बोलाउने निष्कर्षमा पुगेका हुन् । 

कांग्रेसका युवा नेताहरुले लिखित रुपमै महासमिति बैठक बोलाएर पार्टीको विशेष महाधिवेशन बोलाउनुपर्ने माग गरेपछि देउवालाई महासमिति बैठक बोलाउन नैतिक दबाब परेको छ । कांग्रेसका युवा नेताहरु चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, बद्री पाण्डेय, प्रदीप पौडेल र गुरुराज घिमिरेले केही दिनअघि लिखित रुपमै चुनावको समीक्षा गर्न केन्द्रीय समिति र महासमिति बैठक बोलाउनुपर्ने माग राखेका थिए । उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीको नेतृत्वकै कारण पराजय भोग्नुपरेको दाबी गर्दै वर्तमान नेतृत्वले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । 

KFC Island Ad
NIC Asia

महासमिति बैठकको तयारीका लागि प्रधानमन्त्री देउवाले आज (बिहीबार) पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । पार्टीको महासमिति बैठकबारेमा छलफल गर्न आज दिउँसो ३ वजे बालुवाटारमा बैठक बस्न लागेको हो । प्रधानमन्त्री देउवाका स्वकीय सचिव विरेन्द्र थापाले देशको पछिल्लो राजनीतिक अवस्था र महासमिति बैठकका लागि गर्नुपर्ने तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको बताए । 

कांग्रेसका युवा नेताहरुले नेतृत्वले राजीनामा दिएर नेतृत्व पुस्ता हस्तान्तरण गर्नुपर्ने बताइरहे पनि संस्थापन पक्ष भने राजीनामा दिनु नपर्ने बताउँदै आएको छ । कांग्रेसको विधानअनुसार महाधिवेशनबाट मात्रै नेतृत्व परिवर्तन हुने स्पष्ट व्यवस्था भएकाले केन्द्रीय समिति र महासमिति बैठकले नेतृत्व परिवर्तन गर्न नसक्ने संस्थापन पक्षका नेताहरुको भनाइ छ । 

Royal Enfield Island Ad

प्रधानमन्त्री देउवा निकट मानिने कांग्रेस नेता बालकृष्ण खाँणले महासमिति बैठकमा पार्टीको आगामी रणनीति तय गर्नेदेखि लिएर विधान परिस्थितिकरण गरिने बताउँदै आएका छन् । 
महासमिति बैठकमा पार्टी सभापति, वरिष्ठ नेता, महामन्त्रीलगायतका पदाधिकारी र केन्द्रीय सदस्यहरुले नेतृत्व परिवर्तनका लागि इच्छा प्रकट गरे विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्न सकिने उनको भनाइ छ । 
   
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २०, २०७४  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro