site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निजामती विधेयकमा सरकारले माग्यो एक साताको समय 
Tiktok banner adTiktok banner ad

काठमाडौं । निजामती विधेयक पारित गर्नका निम्ति सरकारले झण्डै एक साता लाग्ने जनाएको छ । 

संघीय संसद्अन्तर्गतको राज्य व्यवस्था समितिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले अझै ५–६ दिनको समय माग गरेका हुन् । 

“पाँच–छ दिनको समय पाऊँ, अर्को बैठकमा टुंग्याउने गरी,” उनले भने, “हामी पनि छलफल गर्छौं, साथीहरू पनि छलफल गर्नुस् ।”

'कुलिङ पिरियड' र सेवाको उमेरहदबारे सहमतिनजिक पुगिएको उनले बताए । “विधेयक पारित गर्दा सहमतिमा नै गर्ने गरेका छौँ,” उनले भने, “दुईवटा विषय ('कुलिङ पिरियड' र सेवाको उमेर हद)बारे नजिक नै देखिन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro