site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अब कसैले चाहेर पनि अब राजावादीको एकता टुट्दैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले कसैले चाहेर पनि अब राजावादीको एकता नटुट्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले अब आफूहरू एकताबद्ध भएर अगाडि बढेको बताए ।

उनले आफूहरूले आयोजना गर्न लागेको आन्दोलन शान्तिपूर्ण हुने पनि बताए । आगामी जेठ १५ गते काठामाडौंमा लाखौँको संख्यामा जनता उपस्थित भएर प्रदर्शन गर्ने उनको जिकिर छ ।

"मेरो निमित्त आजको दिन अत्यन्तै हर्ष र गौरवको दिन हो । लामो समयदेखि नेपाली जनताको गुनासो रहँदै आएको तपाईंहरूले उठाएको विचार हिन्दुराष्ट्र र राजतन्त्रको एजेन्डा राम्रो छ, तर तपाईंहरू आफैँ विभाजित हुनुहुन्छ, एक ठाउँमा आउन सक्नुहुन्न भन्ने गुनासो आम राष्ट्रवादी नेपालीहरूको थियो । त्यो सबै गुनासोलाई सम्बोधन गर्दै, आमराष्ट्रवादीको चिन्ताको अन्त्य गर्दै आज हामी सबै राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी एक ठाउँमा एकजुट भएर उभिएका छौँ," उनले भने ।

उनले स्वस्फूर्तरूपमा जिल्ला, पालिका, वडा र टोलटोलमा राजसंस्था पुनर्स्थापना समिति गठन गर्न र जनता परिचालन गर्न आग्रहसमेत गरे । थापाले गणतन्त्र स्थापना भएको दिन जेठ १५ लाई इतिहासकै कहालीलाग्दो दिनको रूपमा व्याख्या गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro