site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बक्यौता विवाद चाँडै समाधान हुने ऊर्जामन्त्रीको दाबी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान हुने दाबी गरेका छन् । 

विद्युत् नियमन आयोगको वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खड्काले उपभोक्ताले मागेको बिल विद्युत् प्राधिकरणले समयमा नै उपलब्ध गराउन नसक्दा कानुनी अड्चन आएको बताए । 

अब डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान हुने उनको दाबी छ । आफूले कहिल्यै पनि डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नउठाउन नभनेको उनले स्पष्ट पारे । 

दुवै पक्षलाई न्याय हुने गरी बक्यौता उठाउन सरकारले भनिरहेको उनले उल्लेख गरे । यसलाई छिनोफानो गर्ने काममा लाग्न उनले सरोकारवाला निकायलाई आग्रह गरे । मन्त्री खड्काले अधिकारसम्पन्न नियमक निकाय हुँदा पनि टीओडी मिटरका विषयमा लामो विवाद हुनु लज्जास्पद भएको बताए । 

राम्रो काम गर्न खोज्दा पनि स्वार्थ नमिलेपछि मिडियाबाजी गर्ने काम हुने गरेको भन्दै मन्त्री खड्काले गुनासो गरे । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro