
काठमाडौं । विवादित कश्मीरलाई विभाजन गर्ने नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल)मा बुधबार (मे ७) राति भारत र पाकिस्तानले एकार्काविरुद्ध गोलाबारी गरेको भारतीय सेनाले जनाएको छ ।
पाकिस्तानी सेनाले कश्मीरको नियन्त्रण रेखा (एलओसी) पार गरेर हलुका हतियार र बन्दुक प्रयोग गरी गोलाबारी गरेको थियो । भारतीय सेनाले त्यसैअनुसारको प्रतिकार गरेको जम्मूमा रहेका भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल सुनील बर्तवालले सीएनएनलाई बताए ।
अप्रिल २२ मा कश्मीरमा २६ पर्यटकको हत्यापछि हरेक दिन नियन्त्रण रेखामा दुवै देशतर्फबाट गोलाबारी गरिँदै आएको छ ।
बुधबार यसअघि एक भारतीय रक्षा स्रोतले सीएनएनलाई बताएअनुसार, नियन्त्रण रेखा पार गरेर पाकिस्तानी सेनाले गरेको रातभरिको गोलाबारीमा १२ भारतीय नागरिकको मृत्यु भएको थियो । ५७ भारतीय घाइते भएका थिए ।