
काठमाडौं । आफ्नो व्यापार लोगो (ट्रेडमार्क) प्रयोग गरेको भन्दै विभिन्न सात नेपाली कम्पनीमाथि उजुरी परेको छ । नेपाली कम्पनीमाथि विदेशी कम्पनीले समेत आफ्नो लोगो चोरेको आरोप लगाएका छन् ।
यती ब्रुअरी प्रालि, सम्राट सिमेन्ट उद्योग प्रालि, अभिनस डिष्टिलरी, अभिनस डिष्टिलरी, एभरेष्ट हर्ब प्रोसेसिङ प्रालि, एमजीएस कम्पनी र गोपाल एन प्रोडक्टविरुद्ध विदेशी कम्पनीहरूले उद्योग विभागमा उजुरी दिएका हुन् ।
यती डिष्टिलरीले क्राउन बियर र लोगो आफ्नो प्रयोग गरेको भन्दै मेक्सिकोको सेरभेन्सिया मोडेलो डे मेक्सिकोले उद्योग विभागमा उजुरी गरेको छ ।
सम्राट सिमेन्टले आफ्नो लोगो प्रयोग गरेको भन्दै अस्ट्रेलियाको क्रोन मेलर्बन लिमिटेडले उजुरी गरेको विभागले जनाएको छ ।
बेलायतमा रहेको कस्मेटिक वारिज लिमिटेडले लस ब्रान्डको मदिरा उत्पादन गरेको दाबी गरेको छ । फ्रान्सको व्युरो इन्टरपर्सनल डेले यार्सागुम्बा कङनेक ब्रान्डको प्रयोग गरेको आरोप लगाएको छ ।
उजुरी परेपछि विभागले सातदिनभित्र प्रमाणसहित स्पष्टीकरण दिन भनेको छ ।
उद्योगले सात दिनभित्र प्रमाण पेस गर्न समय दिए पनि अहिलेसम्म नआएको जनाएको छ । सात दिनभित्र प्रमाण पेस नगरे कानुनबमोजिम हुने विभागले चेतावनी दिएको छ ।