site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय पुरुष हक्कीमा आर्मी च्याम्पियन

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई हराउँदै राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि उचालेको हो । ललितपुरस्थित च्यासल फुटबल मैदानमा बुधबार सम्पन्न फाइनलमा आर्मीले गण्डकीलाई २–० ले हराउँदै उपाधि उचालेको हो ।

आर्मीको जितमा राजेन्द्र कार्की र अम्बरबहादुर गुरुङले गोल गरे । दुवै हाफमा समान एक गोल भयो । खेलको २२औँ मिनेटमा राजेन्द्रले गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको ४३औँ मिनेटमा अम्बरबहादुरले गोल गर्दै अग्रता दोब्बर बनाए ।

राजेन्द्र प्लेयर अफ द म्याच भए । प्रतियोगिताको इमर्जिङ प्लेयर एपीएफका पवन माओ, बेस्ट डिफेन्डर रन्जित राउत र बेस्ट किपर गण्डकीका जोशन राई घोषित भए । बेस्ट स्कोरर आर्मीका काशीराज राई र राजेन्द्र कार्की भए । दुवैले समान ६ गोल गरेका थिए । आर्मीका देवसिंह धामी प्लेअर अफ द टुर्नामनेन्ट घोषित भए ।

यस प्रतियोगितामा नेपाल पुलिस क्लब तेस्रो स्थानमा रह्यो । विभागीय डर्बीमा पुलिसले एपीएफलाई ३–० ले हराएको हो । शंकर घर्तीमगर दुई गोल तथा मिलन तामाङले एक गोल गरे । शंकरले तेस्रो मिनेटमा नै गोल गर्दा पुलिसलाई अग्रता दिलाए । ३०औँ मिनेटमा मिलनले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा पुलिसले तेस्रो गोल गर्‍यो । ५७औँ मिनेटमा शंकरले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले सहज जित निकाल्यो । गण्डकीका प्रेम विक प्लेयर अफ म्याच भए ।

पुरुषमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरे । विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  २३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro