site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभ्रेबाट ४९ रोहिंग्या शरणार्थी काठमाडौं फर्काइयो
फाइल तस्बिर ।

काभ्रेपलाञ्चोक । काभ्रेको धुलिखेल नगरपालिका–१२ शंखुमा केही दिनदेखि बस्दै आएका म्यानमारका रोहिंग्या शरणार्थीलाई बुधबार काठमाडौं फर्काइएको छ ।

स्थानीय जनप्रतिनिधि तथा प्रहरीले ११ परिवारका ४९ जना रोहिंग्या शरणार्थीलाई फर्काइएको हो । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले गत सोमबार साँझदेखि उक्त स्थानमा बसेका उनीहरू काठमाडौंस्थित कपनबाट आएकाले उतै फर्काइएको जानकारी दिए । उनका अनुसार प्रहरी, वडाध्यक्ष मोहनप्रसाद लामिछाने तथा स्थानीयको रोहबरमा फिर्ता पठाइएको हो ।

यसअघि विसं २०७६ माघमा पनौती नगरपालिका–३ कुशादेवीमा १० परिवारका १३ बालबालिकासहित ३४ रोहिंग्या शरणार्थीले टहरा बनाएर बसेका थिए । १४० शरणार्थी बस्नेगरी टहरा बनाउन लागेको अवस्थामा स्थानीयले अवरोध गरेपछि उनीहरू उक्त ठाउँ छाडेर लसुनटार  फर्किएका थिए ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११, कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रका टोलमा म्यानमारबाट आएका रोहिंग्या शरणार्थी बस्दै आएका छन् । ती दुई स्थानमा करिब १४ रोपनी जमिनमा करिब ४०० शरणार्थी रहेको अनुमान गरिएको छ । रासस

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  २०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro