site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय आक्रमणको जवाफ दिन पाकिस्तानी सेनालाई अनुमति 

काठमाडौं । भारतले पाकिस्तान र कश्मीरमा आक्रमण गरेपछि पाकिस्तानले प्रतिकार गर्न मन्जुरी दिएको छ ।

भारतले गरेको हवाई हमलापछि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको कार्यालयले देशको सशस्त्र बललाई प्रतिकारात्मक कारबाही गर्न अधिकार प्रदान गरेको रोयटर्सलाई उद्धृत गर्दै द गार्जियन न्युजले जनाएको छ ।

भारतले गएराति पाकिस्तानी कश्मीर र अन्य क्षेत्रमा आक्रमण गरेको थियो । यसलाई परमाणु शक्तिसम्पन्न दुई देशबीच दशकौँदेखि चल्दै आएको तनावअन्तर्गत सबैभन्दा ठूलो सैन्य टकराव भएको बताइएको छ । 

भारतले गरेको आक्रमणका क्रममा पाकिस्तानले पाँच भारतीय जहाज झारेको दाबी गरेको छ । भारतीय रक्षा मन्त्रालयका अधिकारीले भने यो दाबी पुष्टि गरेका छैनन् ।

भारतले आतंकवादीको संरचना भएका नौ स्थानमा प्रहार गरेको दाबी गरेको छ । नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय सैन्य प्रवक्ताले यसलाई मुस्लिम आतंकवादी समूह जैश–ए–मोहम्मद र लश्कर–ए–तोइबाविरुद्धको कारबाही भनेका छन् । 

पाकिस्तानी सेनाका प्रवक्ताले कम्तीमा २६ नागरिकको मृत्यु र ४६ घाइते भएको बताएका छन् । भारतको आक्रमणपछि पाकिस्तानले गरेको प्रतिकारमा कम्तीमा सात नागरिकको मृत्यु र ३० घाइते भएको बताइएको छ । 

कश्मीरमा आतंकवादीहरूले २६ पर्यटकलाई मारेको घटनाको केही हप्तापछि भारतको यो आक्रमण भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro