site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आक्रमण पाकिस्तानमा आश्रित आतंकवादी समूहको संरचनामा लक्षित रहेको भारतको दाबी  

काठमाडौं । पाकिस्तानले आफ्नो भूमिमा रहेका आतंकवादी समूहविरुद्ध कारबाही गर्न असफल भएकाले गएराति आफूले सैन्य कारबाही गरेको भारतले बताएको छ । 

पाकिस्तानमा रहेको आतंकवादीहरूको संरचनाविरुद्ध आक्रमण लक्षित गरिएको भारतीय सेनाले बुधबार पत्रकार सम्मेलन गर्दै बताएको छ । 

भारतीय सेनाकी कर्णेल सोफिया कुरैशीले भारतले लस्कर–ए–तैयबा समूहले गत महिना भारतनियन्त्रित कश्मीरमा पर्यटकहरूको हत्याको जिम्मेवारी लिएको भन्दै सोही समूहको आतंकवादी संरचनाविरुद्ध आक्रमण गरेको बताइन् ।

‘अपरेसन सिन्दूर’ नाम दिइएको यो अभियान स्थानीय समयअनुसार राति १ : ०५ बजेदेखि १ : ३० बजेसम्म २५ मिनेट चलेको कर्णेल सोफिया कुरैशीले पत्रकार सम्मेलनमा बताएको सीएनएनले जनाएको छ । 

पत्रकार सम्मेलनमा बोल्ने तीन भारतीय अधिकारीहरू बोलाएका थिए । पाकिस्तानविरुद्धको आक्रमणमा पाकिस्तानले पाँच भारतीय वायुसेना जहाज झारेको दाबी गरेको छ । यसबारे पत्रकार सम्मेलनमा सैनिक अधिकृतहरूले केही प्रतिक्रिया दिएनन् ।

पत्रकार सम्मेलनको सुरुमा पाकिस्तानद्वारा भारतमा भएका आक्रमणहरूको फुटेज देखाइएको थियो । यसलाई पाकिस्तानले लामो समयदेखि अस्वीकार गर्दै आएको छ ।

त्यसपछि भारतीय अधिकारीहरूले पाकिस्तान नियन्त्रित कश्मीर र पाकिस्तानको पञ्जाब प्रदेशभित्र लस्कर–ए–तैयबा र जैस–ए–मोहम्मदको प्रशिक्षण शिविरहरू रहेको दाबी गरिएका पाकिस्तानलक्षित आक्रमणहरूको भिडियो र नक्सा पनि देखाएका थिए । 

भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानलाई भारतको  कश्मीरमा नागरिकहरूमाथि भएको आक्रमणको दोष लगाउँदै कश्मीरमा आतंकवादलाई समर्थन गरेको आरोप लगाए ।

मिश्रीले भारतीय सैन्य आक्रमणको लक्ष्य गुप्चरले दिएको जानकारीको आधारमा चयन गरिएको बताए । 

कुरैशीले यस अभियानमा कुनै सैन्य स्थललक्षित नगरिएको र पाकिस्तानमा कुनै नागरिकको मृत्यु भएको रिपोर्ट नआएको बताइन् । 

रोयटर्सका अनुसार पाकिस्तानी सेनाका प्रवक्ताले भारतीय सेनाको कारबाहीमा कम्तीमा २६ नागरिकको मृत्यु भएको बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro