
काठमाडौं । भारतको हवाई आक्रमणपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले राष्ट्रिय सुरक्षा कमिटीको आपत्कालीन बैठक बोलाएका छन् । बैठक स्थानीय समयानुसार बुधबार बिहान १० बजेका लागि बोलाइएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
पाकिस्तानका संघीय सूचनामन्त्री अतुल्लाह तरारका अनुसार, बैठकमा पाकिस्तानी सेनाका प्रमुख, गुप्तचर निकायका वरिष्ठ अधिकारी र सरकारका शीर्ष अधिकारीहरूको सहभागी हुनेछन् । बैठकमा अहिलेको राष्ट्रिय सुरक्षाको अवस्था, भारत आक्रमणको समीक्षा र आक्रमणको जवाफबारे छलफल हुनेछ ।
पाकिस्तान नियन्त्रित कश्मीरमा भएको भारतीय आक्रमणपछि उच्च सुरक्षा अधिकारीको बैठक बोलाइएको पाकिस्तानी सञ्चारमाध्यले डेली टाइम्सले जनाएको छ ।
भारतले गए राति पाकिस्तान नियन्त्रित कश्मीरमा नौवटा मिसाइल आक्रमण गरेको थियो । जसमा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
डेली टाइम्सबाट ।