देश

काठमाडौं । बोटिङ गर्ने फेवातालमा डुबेका एक युवकको उद्धार गरिएको छ । सोमबार अपराह्न सशस्त्र प्रहरीले बलको टोलीले चितवनको भरतपुर महानगरपालिका–५ का २१ वर्षीय रेशम थापाको उद्धार गरेको हो ।
फेवाताल रेस्क्यू टावरमा तैनाथ गोताखोर टोलीले उनको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सोमबार अपराह्न एक्कासि परेको वर्षाका डुंगामा सवार यात्रु समस्यामा परेका थिए । घटनालगत्तै सुरक्षाकर्मी उद्धारमा खटिएका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२ १७:१८
प्रतिक्रिया दिनुहोस्