site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कवाड व्यवसायमाथि डोजर चलाउँदाको क्षतिबारे मन्त्री गुप्तालाई ‘ब्रिफिङ’

काठमाडौं । कवाड व्यवसायीमाथि काठमाडौं महानगरपालिकाले चलाएको डोजरबाट हुन गएको क्षतिबारे व्यवसायीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई ब्रिफिङ गरेका छन् ।  

कवाड व्यवसायी संघर्ष समितिका संयोजक रामकेवल गुप्ता रौनियार, कवाड व्यवसायी नेता ओमप्रकाश सिंह, मनोहरप्रसाद चौधरी, सुरेश शाह र सरोज श्रेष्ठले मन्त्री गुप्तालाई भेटेर यस्तो ब्रिफिङ गरेका हुन् ।
 
अध्यक्ष गुप्ताका अनुसार महानगरले विगत १८ महिनादेखि नगरप्रहरी परिचालन गरी कवाड व्यवसायी, संकलक मजदुरमाथि कुटपिट गर्ने, अपहरण गर्ने, कवाड व्यवसायका संरचना भत्काउने, संकलक मजदुरका साइकल र समान जफत गर्ने काम गरिरहेको छ ।

“नगरप्रहरीको कुटपिटका कारण कवाड व्यवसायी र संकलकको टाउको फुटेको र अंगभंग भएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले गरिब जनता गरिखाने वर्गलाई हटाउने खोजेको छ । यो प्रकारको महानगरको गुन्डागर्दी ज्यादतीलाई तत्काल रोक्न लगाई व्यवसायीको जिउधनको रक्षाका लागि मन्त्रीलाई ब्रिफिङ गरेका हौँ,” उनले भने । 

अध्यक्ष गुप्ताका अनुसार ब्रिफिङपछि मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro