site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्रिटिस कलेज र बेलायतको विश्वविद्यालयबीच विद्यार्थी 'एक्सचेन्ज' कार्यक्रम

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)ले तेस्रोपटक स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम सम्पन्न गरेको छ । ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको टीबीसीको पार्टनर विश्वविद्यालय लिड्स बेकेट (एलबीयू)सँगको सहकार्यमा स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम सम्पन्न गरेको हो ।

अप्रिल १९ देखि एक सातासम्म काठमाडौंमा सञ्चालन भएको कार्यक्रममा बेलायतस्थित लिड्स बेकेट विश्वविद्यालय तथा टीबीसीमा अध्ययनरत १६ विद्यार्थी सहभागी भएका थिए । यसपटकको विद्यार्थी एक्सचेन्ज कार्यक्रमको विषय ‘सामाजिक परिवर्तनको लागि आईओटी र आर्डुइनो’ रहेको थियो । जसअन्तर्गत विद्यार्थीहरूले पहिरो, स्वच्छ खानेपानी, वन्यजन्तु सुरक्षा, र वन विनाशजस्ता समस्या समाधानका लागि नवीनतम् प्रोटोटाइप विकास गरेका थिए ।

यस ‘क्रस–कल्चरल टिमवर्क’मा आधारित कार्यक्रममा टीबीसीमा अध्ययनरत र लिड्स बेकेडबाट आएका विद्यार्थीहरूलाई मिलाएर टिमहरूको निर्माण गरिएको थियो । जसअन्तर्गत पहिरोको चेतावनी प्रणाली, स्मार्ट पानी गुणस्तर निगरानी प्रणाली, नाइटगार्ड प्रणाली,  र वन विनाश निगरानी एपको प्रोटोटाइप विद्यार्थीहरूले निर्माण गरेका थिए ।

कार्यक्रमको नेतृत्व एलबीयूकी डा. पूनेह बघेरी जादेह र टीबीसीका डा. रोहितराज पाण्डेले गरेका थिए, जसमा द ब्रिटिस कलेजका अन्य संकाय सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । यस कार्यक्रमले अनुसन्धान, संयुक्त अध्यापन र डिजिटल शिक्षामा भविष्यका सहकार्यहरूबारे पनि सम्भावना अनुसन्धान गरेको छ ।

कार्यक्रमबारे प्रतिक्रिया दिँदै डा. जादेहले भने, “फरक–फरक संस्कृतिका विद्यार्थीहरू एकसाथ बसेर महत्त्वपूर्ण प्रविधिको विकास गरेको देख्दा हामी निकै प्रभावित भयौँ । यो कार्यक्रमले शिक्षा र नवप्रवर्तनमा सीमाना हुँदैन भन्ने कुरा फेरि प्रमाणित गरेको छ ।”

त्यस्तै, कलेजका निर्देशक महेन्द्रराज कँडेलले भने, “यस कार्यक्रममा विद्यार्थी र फ्याकल्टीबीच ऊर्जा र विचारहरूको आदानप्रदान प्रेरणादायक रह्यो । यो कार्यक्रम केवल सिकाइको मात्र नभई भविष्य निर्माणको एक साझा अभियान बनेको मेरो विश्वास छ ।”

कार्यक्रमको सफल समापनसँगै दि ब्रिटिस कलेजले अन्तर्राष्ट्रिय साझेदारी विस्तार, नवप्रवर्तन प्रवर्द्धन र विद्यार्थीहरूलाई नेतृत्वका लागि सक्षम बनाउने यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro