site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाटन दरबार क्षेत्रमा पर्यटकलक्षित कलात्मक अत्याधुनिक शौचालय

काठमाडौं ।  ललितपुर महानगरपालिकाले पर्यटकलाई लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । उक्त शौचालय आइतबारदेखि सञ्चालनमा ल्याइएको हो ।

महानगरका मेयर चिरीबाबु महर्जनले आन्तरिक र बाह्य पर्यटकका लागि सहज हुने बताए । “हाम्रो सहरको मौलिकता झल्कने गरी शौचालय बनाएका छौँ । यो शौचालयले अब आन्तरिक र बाह्य पर्यटकका लागि सहज हुन्छ,” उनले भने ।

उनका अनुसार, अब पाटन दरबार क्षेत्र घुम्न आउने पर्यटकलाई शौचालय खोज्दै भौतारिनु पर्नेछैन । यसअघि पाटन दरबार क्षेत्रमा सार्वजनिक शौचालय भए पनि यहाँको आवश्यकतालाई पूर्ति गर्ने किसिमको थिएन ।

आधुनिक प्रविधिको अपांगतामैत्री यो शौचालयमा पुरुषको लागि ६ वटा युरेनलसहितको तीनवटा, महिलाका लागि ६ वटा, अपांगतामैत्री एकवटा, स्तनपान कक्ष एकवटा राखिएको छ ।

अत्याधुनिक स्यानिटी सामग्री समेत रहेको छ । महानगरका प्रवक्ता राजु महर्जनले महानगरको २९ वडामध्ये अधिकांश वडामा सार्वजनिक शौचालय निर्माण भइरहेको बताए ।

शौचालयको बाहिरी वनावट काष्ठकला र चुनासुर्कीसहितको इँटाको प्रयोग भएको छ । शौचालयको छाना झिंगटी टायलसहित दुई पाखे गरी निर्माण गरिएको छ । महानगरका अनुसार, कुल लागत एक करोड २६ लाखमा शौचालय निर्माण भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro