site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नौबुँदे सहमतिको ‘फलोअप’मा शिक्षकहरू, सरकारका पदाधिकारीहरूसँग नियमित भेटघाट
फाइल तस्बिर ।

काठमाडौं । नौबुँदे सहमतिपछि पनि शिक्षकहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई दबाब दिइरहेका छन् । सहमतिबाहेक अग्रगामी शिक्षा ऐनमा समेटिनुपर्ने सबै विषयहरूलाई नछुटाउन भन्दै आइतबार दुईपटक भेटवार्ता भएको हो ।

नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले शिक्षामन्त्री पन्तसँग आज दुईपटक भेटवार्ता भएको बताए । “आज बिहान र दिउँसो दुईपटक भेट भएको छ । सरकारसँग भएका सहमति कार्यान्वयन र ऐनमा समावेश गर्नुपर्ने अन्य कुराहरू नछुटोस् भन्ने हिसाबले भेटेका हौँ,” थापाले बाह्रखरीसित भने ।

पटक–पटक सरकारसँग भएका सहमतिमा धोका भएको भन्दै यसपटक कुनै पनि हालतमा ऐन जारी हुनुपर्ने भन्दै मन्त्री पन्तलाई गम्भीर ध्यानाकर्षण गराएको महासंघले जनाएको छ ।

नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावतले सरकारसँग भएको सहमतिको ‘फलोअप’मा मन्त्रालय गएको बताए । “सहमतिपछि फलोअपमा गएका हौँ । पछिल्लोसमय सरकारका पदाधिकारीहरूसँग नियमित भेटघाट भइरहेको छ,” उनले भने ।

गत वैशाख १७ गते शिक्षक महासंघ र मन्त्रालयबीच नौबुँदे सहमति भएको थियो । ऐन जारी गर्नका लागि शिक्षकहरूले आगामी असार १५ गतेसम्मको समयसीमा दिएका थिए ।

शिक्षामन्त्री भेट्न अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव थापासहित गएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro