site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुख्य प्रशिक्षक लाम्पार्ड– प्लेअफ कोभेन्ट्रीको सुरुआत मात्र हो

काठमाडौं । कोभेन्ट्री सिटीका मुख्य प्रशिक्षक फ्र्यांक लाम्पार्डले प्लेअफ चरण टोलीको सुरुआत मात्र भएको बताएका छन् । शनिबार १७औँबाट पाँचौँ स्थानमा उक्लिएको कोभेन्ट्रीले मिडल्सब्रो फुटबल क्लबलाई २–० ले पराजित गर्दै प्लेअफमा स्थान बनाएपछि प्रशिक्षक लाम्पार्डले यस्तो बताएका हुन् ।

“टोलीका खेलाडी र स्टाफका निम्ति १७औँ स्थानबाट पाँचौँ स्थानसम्म आइपुग्नु ठूलो उपलब्धि हो । तर, यो सुरुआत मात्र हो । हामी चाहिएको भन्दा बढी खुसी मनाउने छैनौँ,” सञ्चारकर्मीसँग लाम्पार्डले भने, “हामीलाई समर्थन गर्ने सम्पूर्ण समर्थकलाई धन्यवाद व्यक्त गर्दछौँ । क्लबले त्यो संघर्षको बारेमा भन्नुपर्दा आजको रात सबै खुसी हुनुपर्छ ।”

लाम्पार्डको आगमनपछि टोलीले लिगमा फड्को मारेको छ । “हामी नोभेम्बरसम्म आइपुग्दा १७औँ स्थानमा थियौँ । त्यसैले म पहिला मेरो स्टाफहरूलाई छिटो परिणाम चाहिएको बेलामा तपाईंहरू आउनुभएको थियो । उनीहरूले सधैँ मिहिनेत गरे, सहयोग गरे,” लाम्पार्डले भने ।

कोभेन्ट्रीले अब चौथो स्थानमा रहेको सन्डरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । यही मे १० मा यी दुई टोलीले पहिलो लेग खेल्ने तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro