site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शीर्ष स्थानमा फर्कियो बेंगलुरु, चेन्नाई दुई रनले पराजित 

काठमाडौं । चेन्नाई सुपर किंग्सविरुद्ध रोमाञ्चक जित निकाल्दै रोयल च्यालन्जर्स बैंगलुरु इन्डियन प्रिमियर लिग (आइपीएल)को शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार चिन्नास्वामी रंगशालामा सम्पन्न खेलमा बेंगलुरुले पुछारको चेन्नाईविरुद्ध दुई रनको साँघुरो जित निकालेको हो । खेलको अन्तिम ओभरमा चेन्नाईलाई जितका निम्ति १५ रनको आवश्यकता थियो । तर, बेंगलुरुबाट बलिङका निम्ति आएका यस दयालले एक विकेट लिएर १२ रनमात्रै खर्चिएपछि टोलीले दुई रनको जित निकालेको हो ।

खेलमा बेंगलुरुले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले निर्धारित २० ओभर ब्याटिङ गर्दै पाँच विकेट गुमाएर २११ रनमात्र बनाउन सक्यो । 

चेन्नाईका ओपनर आयुष महात्रेले ९४ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ४८ बलमा नौ चौका र पाँच छक्का प्रहार गरे । यस्तै, रविन्द्र जडेजाले ४५ बलमा आठ चौका र दुई छक्कासहित ७७ रन जोडे । यी दुईले तेस्रो विकेटका निम्ति ११४ रनको शतकीय साझेदारी गरेका थिए । 

यसबाहेक, अन्य ब्याटरको प्रदर्शन भने उल्लेख्य रहन सकेन । ओपनर सैक राशिदले १४ रन बनाउँदा कप्तान महेन्द्रसिंह धोनीले १२ रन थपे । 


आरसिबीको लागि लुन्गी जिदीले सर्वाधिक तीन विकेट लिए । क्रुणाल पन्ड्या र यस दयालले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २१३ रनको योगफल खडा गरेको थियो । 

बेंगलुरुका विराट ककोहलीले ३३ बलमा समान पाँच छक्का र चौकासहित ६३ रन बनाएका थिए । ओपनर ज्याकोव बेथेलले पनि ३३ बलमै आठ चौका र  दुई छक्कासहित ५५ रन बनाए । 

विस्फोटक बनेका वेष्ट इन्डियन ब्याटर रोमारियो सेफर्डले मात्र १४ बलमा चार चौका र ६ छक्कासहित ५३ रन थपे ।

चेन्नाईको लागि मथिशा पथिरानाले तीन विकेट लिए । साम करन र नुर अहमादले समान एक विकेट लिए । 

जितसँगै बेंगलुरुले प्लेअफ सम्भावना बलियो बनाउँदा चेन्नाई भने समीकरणबाट बाहिरिसकेको छ । 

बेंगलुरु ११ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा फर्किएको छ । तालिकाको पुछारमा रहेको चेन्नाईले भने समान खेल खेल्दा चार अंकमात्रै जोडेको छ । 

प्रतियोगितामा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा कोलकत्ता नाइट राइडर्स र राजस्थान रोयल्सबिच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा पञ्जाव किंग्स तथा लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro