
काठमाडौं । सरकारले अन्तरदेशीय सञ्जालसँग जोडिने सडकको सुधार र निर्माणमा ध्यान दिने भएको छ ।
शुक्रबार (वैशाख १९) संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख राजमार्गसँग जोडिएका एवं अन्तर्राष्ट्रिय देशसँगको सडक सञ्जाललाई निर्माण र स्तरोन्नति गरिने बताए ।
राष्ट्रिय यातायात नीति तथा सार्वजनिक सवारी व्यवस्था ऐन, सार्वजनिक सडक ऐन तथा सडक सुरक्षा ऐन तर्जुमा गरिने उनले उल्लेख गरे ।
सवारी दुर्घटना न्यूनीकरण तथा सडकको अवस्था सुधार गर्न यात्रुलक्षित सचेतना कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
सवारीचालकको क्षमता विकास गरी जिम्मेवार बनाइने सरकारको नीति तथा कार्यक्रम रहेको उनले बताए ।