अर्थ व्यवसाय

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनीलाई १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले शुक्रबार उक्त अनुमति दिएको हो ।
कम्पनीले ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति माग गरेको थियो । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छ ।
कम्पनीले २०७८ सालमा आईपीओ निष्कासन गरेको थियो । कम्पनीले ७.५ मेगावाटको खोरूंगा र ईवाखोला माथिल्लो खोरूंगा खोला साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ १५:१३
प्रतिक्रिया दिनुहोस्