site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वप्रसिद्ध बेकरी ब्रान्ड सिन्नाबोन नेपालमा, पहिलो शाखा सानेपामा

काठमाडौं । सिनामन रोल्सका लागि प्रसिद्ध बेकरी ब्रान्ड ‘सिन्नाबोन’ नेपाल भित्रिएको छ । अमेरिकी मूलको यो ब्रान्डले ललितपुरको सानेपामा आफ्नो पहिलो शाखा सञ्चालनमा ल्याउने तयारी गरेको छ । 

‘सिन्नाबोन’ले आफ्नो क्लासिक सिनामन रोल्स, मिनिबोन्स, चिल्लाटा ड्रिंक्स, प्रिमियम कफीलगायत परिकार नेपाली बजारमा ल्याउने भएको छ । 

कम्पनीले सानेपामा ग्राहकलाई ताजा बेक गरिएका परिकारहरूको स्वाद लिन अवसर प्रदान गर्ने जनाएको छ ।

५० भन्दा बढी देशमा व्यवसाय विस्तार गरिसकेको सिन्नाबोनको नेपाल आगमन जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको सहकार्यमा भएको हो । जावलाखेल ग्रुप नेपालमा मदिराजन्य पदार्थको क्षेत्रमार्फत स्थापित व्यवसायिक समूह हो ।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले सिन्नाबोनलाई नेपाल ल्याउनु ठूलो अवसर भएको बताउँदै भने, “हामी सिन्नाबोनको प्रसिद्ध स्वाद नेपाली उपभोक्तासम्म पुर्‍याउन पाउँदा उत्साहित छौँ । यो नेपाली फुड लभर्सका लागि विशेष हुनेछ ।”

गो टु फुड्स इन्टरनेसनलका एसिया प्यासिफिक क्षेत्रिय उपाध्यक्ष स्टिवन याङले सिन्नाबोन केवल बेकरी मात्र नभई स्वाद र अनुभवको प्रतीक भएको बताए ।

सन् १९८५ मा अमेरिकामा स्थापना भएको सिन्नाबोन अहिले विश्वका २०५० भन्दा बढी स्थानहरूमा सञ्चालित छ । सपिङ मल, विमानस्थल, ट्राभल प्लाजा, रेल स्टेसन र मनोरञ्जनस्थलमा यसको उपस्थिति रहेको छ ।

नेपालमा शाखा विस्तारसँगै कम्पनीले उद्घाटन समारोहमा विशेष अफर, उपहार र प्रमोसनल कार्यक्रमसमेत राख्ने जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro