
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नयाँ बजाज पल्सर एन१६० र पल्सर एन१२५ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
भृकुटीमण्डपमा जारी ग्रान्ड कार्निभलमा सार्वजनिक यी दुई नयाँ मोडलले पावर, प्रविधि र डिजाइनको संयोजनमार्फत बजाज प्रेमीलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार, नयाँ बजाज पल्सर एन१६० मा १६४.८२ सीसीको सिंगल–सिलिन्डर, एयर–कुल्ड, एसओएचसी, २–भल्ब इन्जिन समावेश छ, जसले १६ पीएस (११.७ किलोवाट) ब्रेक हर्स पावर र १४.६५ एनएमको टर्क दिन्छ ।
पाँच गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको कम्पनीले जनाएको छ । यसमा डुअल–च्यानल एबीएस, ३७ मिमि अपसाइड डाउन फर्क्स र नाइट्रोक्स मोनोसक सस्पेन्सनजस्ता उत्कृष्ट विशेषता समावेश रहेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार, डुअल च्यानल भ्यारियन्टमा उपलब्ध विशेषताका अतिरिक्त टर्न–बाइ–टर्न नेभिगेसन, एबीएस राइड मोड डिस्प्ले उपलब्ध छन् । यस्तै, पल्सर एन१२५ मा १२४.५८ सीसीको एयर–कुल्ड, सिंगल स्पार्क, २–भल्ब इन्जिन रहेको छ । जसले १२ पीएसको अधिकतम शक्ति र ११ एनएमको अधिकतम टर्क दिन्छ ।
कम्पनीका अनुसार, यसमा ५–स्पिड ट्रान्समिसन र काउन्टर ब्यालेन्सरजस्ता विशेषता समावेश छन् । यस मोडलमा उत्कृष्ट इन्धन क्षमता रहेको कम्पनीको दाबी छ ।
सार्वजनिक कार्यक्रममा गोल्छा ग्रुपका मार्केटिङ हेड अमित राज चालिसेले नेपालमा नयाँ पल्सर एन१६० र एन१२५ सार्वजनिक गर्न पाउँदा खुसी रहेको बताए ।