कला

काठमाडौं । हास्य कलाकार सन्दीप क्षेत्री ‘रोयल इनफिल्ड’ मोटरसाइकल ब्रान्डका आधिकारिक प्रतिनिधि बनेका छन् । अल्फा अटोमोटिभ प्रालिले उनलाई नेपालका लागि ‘फेस अफ रोयल इन्फिल्ड’ नियुक्त गरेको हो ।
कम्पनीका अनुसार क्षेत्रीको साहसिक जीवनशैली, आत्मविश्वासपूर्ण दृष्टिकोण र मोटरसाइकलप्रतिको गहिरो रुचिले उनलाई यो भूमिकाका लागि विशिष्ट बनाएको हो ।
कम्पनीले यो सहकार्यबाट आन्तरिक पर्यटन प्रवर्द्धन, ट्राफिक सचेतना र सडक सुरक्षासम्बन्धी सन्देश पुर्याउने लक्ष्य लिएको छ ।
सन् १९०१ देखि यात्रा सुरु गरेको यो ब्रान्डलाई क्षेत्रीको सहभागिताले नयाँ सामाजिक र सांस्कृतिक आयाममा लैजाने कम्पनीको दाबी छ ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०८२ ११:५४
प्रतिक्रिया दिनुहोस्