site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
प्रतीकात्मक तस्बिर ।

गोरखा । गोरखामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

चट्याङ लागेर सहिद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षीय राजु खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं इन्स्पेक्टर धुव्रप्रसाद शर्माले जानकारी दिए ।

आइतबार (वैशाख १४) साँझ अन्दाजी ७ः५० बजे घरमा बसिरहेका बेला एक्कासि परेको चट्याङ लागेर खनाल गम्भीर घाइते भएका थिए । घाइते खनाललाई प्रदेश अस्पतालमा उपचारका निम्ति ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको इन्स्पेक्टर शर्माले जानकारी दिए ।

आइतबार साँझ नै पालुङटार नगरपालिका–७, च्याङलीमा चट्याङ लागेर ५० वर्षीया सुकमाया आले र १८ वर्षीय विपना आले घाइते भएका छन् । चितवनस्थित पुरानो मेडिकल कलेजमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro