site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शीर्ष स्थानमा उक्लियो एपीएफ

विराटनगर । सशस्त्र प्रहरी बलको एपीएफ क्लब विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार (वैशाख १४) विराटनगरको बैजनाथपुरस्थित क्रिकेट रंगशालामा समूह ‘ए’अन्तर्गत दोस्रो खेलमा वाग्मती प्रदेशलाई आठ विकेटले हराउँदै एपीएफ शीर्ष स्थानमा उक्लिएको हो ।

८१ रनको झिनो लक्ष्य एपीएफले ९.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । एपीएफको जितमा दीपक बोहराले अविजित ४८ रनको योगदान गरे । सुमित महर्जनले अविजित १८ रन जोडे ।

वाग्मतीका असीम श्रेष्ठले दुई विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङ गरेको वाग्मतीले १९.३ ओभरमा सबै विकेट गुमाउनुअघि ८० रन बनाएको थियो । वाग्मतीका कप्तान रीत गौतमले ३१ रन जोडे । विवेक रानामगरले १३ रन, उत्तम थापामगरले १० रन बनाए ।

एपीएफका ‘प्लेयर अफ म्याच’ प्रकाश जैशीले चार विकेट लिए । हविशेष गौतमले तीन र भोजराज भट्टले दुई विकेट लिए ।

एपीएफ पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । एपीएफ दुई खेलमध्ये समान एक जित र हारको नतिजासँगै दुई अंकका साथ शीर्ष स्थानमा छ ।

एमएम कप फाउन्डेसनको आयोजनामा सञ्चालित प्रतियोगिता यही वैशाख २० गतेसम्म चल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro