site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अहिले हामीसँग बन्दुक छैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल आफूहरूसँग बन्दुक नभएकाले प्रचार संयन्त्रमार्फत नै बुर्जुवासितको लडाईं लड्नुपर्ने बताएका छन् । शनिबार (वैशाख १३) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

हाल बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि नभएको उनले उल्लेख गरे । उनले प्रचार संयन्त्रमार्फत नै वैदेशिक प्रतिक्रियावाद, देशभित्रका सबै यथास्थितिवादी र प्रतिगामी षड्यन्त्रविरुद्ध लड्न आवश्यक रहेकामा जोड दिए ।

Argakhachi Cement Island Ad

त्यसैले आफ्नो पार्टीले सूचना तथा प्रचारप्रसार क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो । “अहिले हामीसँग बन्दुक छैन । बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि होइन,” उनले भने, “त्यसकारण हामीसँग अब प्रचार संयन्त्रमार्फत नै हामीले बुर्जुवाहरूसँग लडाईं लड्नुपर्छ ।”

अध्यक्ष प्रचण्डले हाल देशको राजनीति निकै पेचिलो परिस्थितिबाट अगाढि बढेको टिप्पणी गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्