site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तलब बढाउन मन्त्रीको निर्देशनपछि पनि रोकिएन डाक्टर आन्दोलन

काठमाडौं । सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै आन्दोलनरत चिकित्सकहरूले शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । 

आवासीय चिकित्सकलाई सेवा सुविधा दिने निर्णय भए पनि कार्यान्वयन नभएको भन्दै उनीहरूले शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले चिकित्सा आयोगद्वारा निर्धारित आठौँ तहको तलब संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले न्यूनतम पारिश्रमिक नदिने, तर आवासीय डाक्टरलाई काममा फर्कन निजी मेडिकल कलेजले दबाब दिएको बताए । उनले सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक पाउने वातावरण नबनेसम्म आन्दोलन जारी राख्ने बताए । 

आवासीय चिकित्सकलाई सरकारी आठौँ तहसरह सेवा दिने निर्णय कार्यान्वयन नभएको भन्दै नेपाल चिकित्सक संघको नेतृत्वमा आवासीय डाक्टरले आन्दोलन गरेका हुन् ।

बिहीबार मात्रै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न निजी मेडिकल कलेजलाई निर्देशन दिएका थिए । 

बिहीबार नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिबीच मन्त्रालयमा भएको वार्तामा मन्त्री पौडेलले आवासीय चिकित्सकको सुविधा मासिक ४८ हजार ७०० रुपैयाँ कायम गर्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

गत माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह)को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । तर, निजी मेडिकल कलेजले आयोगको निर्णय कार्यान्वयन नगरेको भन्दै आवासीय चिकित्सक आन्दोलित भएका हुन् ।

मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगले दिएको निर्देशन कार्यान्वयन नगरेसम्म निजी मेडिकल कलेजलाई सरकारले दिने कुनै पनि सुविधा उपलब्ध नगराउने बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro