site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१२१ डीएसपीको सरुवा, सात महिनामै फेरिए बानेश्वर र बालाजुका डीएसपी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले बुधबार १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज तथा सरुवा गरेको छ ।

बुधबार प्रहरी प्रधान कार्यालयले गरेको काज/सरुवामा अधिकांश कार्यालय प्रमुख परिवर्तन भएका हुन् । केही जिल्ला, इलाका तथा वृत्तहरूका प्रमुख पनि फेरिएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका गरी नौवटा वृत्तका प्रमुख परिवर्तन भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं अन्तर्गतका बानेश्वर, थानकोट, बालाजु, कालिमाटी र नगरप्रहरी प्रमुखहरू पनि फेरिएका हुन् ।

कालीमाटी, थानकोट र नगरप्रहरी प्रमुखहरू कार्य अवधि पूरा गरेर सरुवा भएका हुन् भने प्रहरी वृत्त बानेश्वर र प्रहरी वृत्त बालाजुका डीएसपी भने कार्य अवधि पूरा नहुँदै सरुवा भएका छन् । 

प्रहरी नियमावलीअनुसार प्रहरी अधिकारीको सरुवा भएको मितिले कार्य अवधि एक वर्ष तोकिएको हुन्छ । तर, प्रहरी वृत्त बानेश्वर र प्रहरी वृत्त बालाजुका डीएसपीहरू एक वर्ष नपुग्दै सरुवा भएका हुन् ।

प्रहरी वृत्तका डीएसपी वीरेन्द्र गोदारलाई सात महिनामै सरुवा गरेर उनको ठाउँमा जिल्ला परिसर काठमाडौं मुद्दा शाखामा कार्यरत डीएसपी हरि खतिवडालाई पठाइएको छ ।

त्यसरी नै प्रहरी वृत्त बालाजुका डीएसपी दानबहादुर थापाको ठाउँमा मानव बेचविखन अनुसन्धान ब्युरोमा कार्यरत डीएसपी ज्ञानबहादुर विष्टलाई पठाइएको छ । गोदार र थापाले गएको असोजमा मात्रै कमान्ड सम्हालेका थिए ।

नगरप्रहरी कार्यालय प्रमुख डीएसपी मदनजित महराको पनि सरुवा भएको छ ।

अन्य को कहाँ ?

dsp-saruwa-(9)-1745494810.jpgdsp-saruwa-(8)-1745494810.jpgdsp-saruwa-(7)-1745494810.jpgdsp-saruwa-(6)-1745494809.jpgdsp-saruwa-(5)-1745494809.jpgdsp-saruwa-(4)-1745494809.jpgdsp-saruwa-(3)-1745494809.jpgdsp-saruwa-(2)-1745494808.jpgdsp-saruwa-(1)-1745494808.jpgdsp-saruwa-(11)-1745494808.jpgdsp-saruwa-(10)-1745494808.jpg
 

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro