site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालले स्कटल्यान्डमा त्रिदेशीय ट्वान्टी–२० शृंखला खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले स्कटल्यान्डमा त्रिदेशीय ट्वान्टी–२० शृंखला खेल्ने भएको छ ।

स्कटल्यान्ड क्रिकेट संघले बिहीबार सामाजिक सञ्जालमार्फत खेल तालिका सार्वजनिक गर्दै नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय शृंखला आयोजना गर्न लागेको जानकारी दिएको हो ।

तालिकाअनुसार शृंखलाको पहिलो खेलमा घरेलु टोलीले डच टिमविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यो खेल जुन १५ मा हुनेछ । यस्तै, नेपालले भने जुन १६ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसपछि नेपालले जुन १७ मा स्कटल्यान्डविरुद्ध, जुन १८ मा नेदरल्यान्ड्सविरुद्ध र जुन २० मा पुनः स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टिम हाल आईसीसी विश्वकप क्रिकेट लिग–२ का निम्ति ‘कोर क्याम्प’ मा छ । जसमा कुल ५२ खेलाडी छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro