site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनी प्रदेशमा कुपोषणको दर उच्च

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा भयावह रूपमा देखापरेको कुपोषण, बालमृत्युदर, मातृ मृत्युदरको चुनौती सामना गर्न सबै पक्ष जुट्न जरुरी रहेको बताएका छन् । 

लुम्बिनी प्रदेशमा अहिले पनि कुपोषणको दर उच्च रहेको पाइएको छ । लुम्बिनी प्रदेश योजना आयोगका अनुसार, प्रदेशमा २५ प्रतिशत पुड्कोपना, १६ प्रतिशत ख्याउटेपन, २३ प्रतिशत कम तौत तथा ४९ प्रतिशतमा रक्तअल्पता रहेको छ ।

लुम्बिनी प्रदेश योजना आयोग र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजनामा सोमबार दाङको लमहीमा आयोजित स्वच्छ र पोषणयुक्त खाद्यमा सबैको पहुँच विषयक खाद्य प्रणाली संवाद कार्यक्रममा मुखयमन्त्रीले हाल देखापरेका समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय र कृषि मन्त्रालय मिलेर योजनासहितको काममा जुट्न जरुरी रहेको बताए । 

मुख्यमन्त्री आचार्यले बढ्दो कुपोषण, कम तौललगायत समस्या निराकरण गर्न विद्यालयबाटै बालबालिकाबाट पोषणयुक्त खानाको सचेतना जगाउनुपर्ने बताए । उनले पोषणको अवस्था सुधारका लागि समस्याग्रस्त पालिकाको पहिचान गरेर काम गर्ने वातावरण बनाउन प्रदेश सरकारले ध्यान दिने बताए । 

कार्यक्रममा सहभागीहरुले बढ्दो कुपोषण कम गर्न समुदाय स्तरमा सचेतनासँगै राज्यको लगानी बढाउन आवश्यक रहेकोमा जोड दिएका थिए ।  

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro