site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका निम्ति आवेदन खुला

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका निम्ति आवेदन आह्वान गरिएको छ । सोमबार (वैशाख ८) अखिल नेपाल फुटबल संघ (एन्फा)ले पदका निम्ति आवेदन माग गरेको हो ।

एन्फाले आवेदनका निम्ति मापदण्डसहित ३० दिने सूचना जारी गरेको छ । त्यसनिम्ति आउँदो मे २० भित्र आवेदन दिइसक्नुपर्ने एन्फाले जनाएको छ । 

पदका निम्ति कम्तीमा दुई वर्ष राष्ट्रिय टोलीको अनुभव बटुलेको र प्रो लाइसेन्स प्राप्त हुनुपर्ने सूचनामा उल्लेख छ ।

एन्फाले पफर्मेन्स एनालाइसिस्टका निम्ति पनि आवेदन खुला गरेको छ । एनालाइसिस्टका निम्ति प्रतिष्ठित संस्थाबाट फुटबलमा ‘लेभल १’ को फिटनेस र डाटा एनालाइसिस कोर्स गरेको हुनुपर्छ । र, सम्बन्धित पदमा कम्तीमा एक वर्ष अनुभव बटुलेको हुनुपर्ने एन्फाले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro