site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा
फाइल तस्बिर ।

काठमाडौं । विभिन्न आन्दोलन एवं प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।

प्रशासनले तोकेको निषेधित क्षेत्र आसपास ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । विशेष गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलक्षित सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

निषेधित क्षेत्र आसपास १५ सय बढी प्रहरी परिचाल गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी दिनेशकुमार आचार्यले जानकारी दिए ।

राप्रपाका नेता–कार्यकर्ताले आज (वैशाख ७) दिउँसो काठमाडौंको बिजुलीबजारमा भेला भएर प्रदर्शन गर्दै छन् । निषेधित क्षेत्र तोडेर अघि बढ्ने उनीहरूले बताइरहेका छन् ।

राप्रपाभन्दा अघि माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा शिक्षकले प्रदर्शन गर्दै छन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  ०९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro