site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाटेबाघ मृत फेला

कैलाली । कैलालीको टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनमा शनिबार (वैशाख ६) पाटेबाघ मृत फेला परेको छ ।

सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलीप यादवले जंगलमा वयस्क पोथी पाटेबाघ मृत फेला परेको जानकारी दिए । पाटेबाघको अगाडि भागको शरीरमा चोट लागेको पाइएको उनले बताए ।

गन्हाएपछि स्थानीयले थाहा पाएर खबर गरेकाले केही दिनअघि नै मरेको र भाले बाघको आक्रमणबाट घटना भएको हुन सक्ने अनुमान गरिएको उनले जानकारी दिए ।

थप अनुसन्धानका निम्ति बर्दिया राष्ट्रिय निकुञ्जबाट डा. आयुश महर्जनसहितको प्राविधिक टोली घटनास्थल पुगेको थियो । स्थानीय जनप्रतिनिधिलगायत वन कर्मचारीको रोहबरमा मृत बाघ जमिनमा गाडिएको छ ।

विस्तृत अनुसन्धान गर्न विभिन्न अंग झिकेर पोस्टमार्टमका निम्ति पठाइएको डिभिजन वन कार्यालयले जनाएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  २०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro