site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्रपालाई गृहको चेतावनी– अराजकता फैलाउने गतिविधि सह्य हुँदैन

काठमाडौं । अराजकता फैलाउने गतिविधि सह्य नहुने भन्दै गृह मन्त्रालयले चेतावनी दिएको छ । यस्ता गतिविधिमा संलग्न हुने जोसुकैलाई कारबाही गरिने गृहका प्रवक्ता रामचन्द्र तिवारीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुनबमोजिम कारवबाही हुने व्यहोरा सूचित गरिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता–कार्यकर्ताले आइतबार (वैशाख ७) काठमाडौंमा प्रदर्शन गर्न लागेका छन् । त्यसक्रममा निषेधित क्षेत्र तोड्नेसम्बन्धी अभिव्यक्तिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयले गैरकानुनी क्रियाकलापमा संलग्न नहुन आग्रह गरेको छ । “समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  २०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro