site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धवलशमशेर आज किन छुटेनन् ?

काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवं सांसद धवलशमशेर राणा शुक्रबार थुनामुक्त भएनन् ।

उनी उपचारका प्रयोजनका लागि थुनाबाहिर बस्नेगरी छुट्न लागेका थिए । शुक्रबार छुट्ने भनिएपछि भद्रकालीस्थित प्रहरी परिसरमा कार्यकर्ताको भिड लागेको थियो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार, कागजपत्र नमिलेका कारण आज नछुटेका हुन् । "क्यान्सरको उपचारका लागि फलोअपमा भारत जानुपर्ने भएकाले छाड्ने तयारी थियो तर कागजपत्र नमिलेका कारण आज नछुटेका हुन्," उनले भने ।

उनी क्यान्सरका बिरामी हुन् । सोही कारण उपचारका लागि उनलाई छाड्ने सुविधा दिन लागेको हो । उनीमाथि लागेको आरोपबारे भने प्रहरीले अनुसन्धान जारी नै राख्नेछ ।

गएको चैत १५ गते राजतन्त्र पुनर्स्थापना गर्ने भन्दै तीनकुनेमा आयोजना गरिएको प्रदर्शन अराजक बन्दा दुईजनाको ज्यान नै गएको थियो । पत्रकार सुरेश रजक र सविन महर्जनको ज्यान गएको थियो । सोही घटनाको अनुसन्धानका लागि प्रहरीले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र धवलशमेशरलाई सोही दिन पक्राउ गरेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  २०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro