site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत एकसय र सोभन्दामाथिको अनलाइन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा दिने भएको छ ।

एनसेल एपमार्फत एकसयदेखि दुईसयसम्मको अनलाइन रिचार्ज गर्दा ग्राहकहरूले एक दिनको लागि २०० एमबी बोनस डेटा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यस्तै, दुईसय वा सोभन्दामाथिको अनलाइन रिचार्ज गर्दा तीन दिनको लागि मान्य रहने ५०० एमबी बोनस डेटा प्रदान गरिने कम्पनीले जनाएको छ । स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा डेटा बोनस लागु नहुने एनसेलले जनाएको छ ।

ग्राहकले एनसेल एपमार्फत एपमा उपलब्ध विविध सेवा, सुविधाहरू उपयोग गरी त्यसको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ ।
एनसेल एपमार्फत प्रयोगकर्ताहरूले सजिलै डेटा वा भ्वाइस प्याक, सधैँ अन प्याकहरू, सधैँ अन रिन्यूअल प्याकहरू लिन, अनलाइन रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।

एनसेलका ग्राहकहरूले एनसेल एप गुगल प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्न सक्ने कम्पनीले जनाएको छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro