site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुगललाई झट्का, विज्ञापन एकाधिकार सिर्जना गरेकामा दोषी ठहर
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकाको एक संघीय न्यायाधीश लियोनी ब्रिन्किमाले अल्फाबेट कम्पनीअन्तर्गतको गुगलले अनलाइन विज्ञापन उद्योगलाई नियन्त्रण गरेर एकाधिकार सिर्जना गरेको बताएकी छन् । यो फैसलाले प्रविधि क्षेत्रको एक मुख्य व्यवसायलाई नै प्रभावित पार्न सक्ने वाल स्ट्रिट जर्नलले जनाएको छ ।

आठ महिनाभित्र यस्तो फैसला आएको यो दोस्रोपटक भएको जनाइएको छ । अमेरिकी न्यायाधीशले गुगललाई गैरकानुनी एकाधिकारवादी भन्दै यसले न्याय मन्त्रालयलाई कम्पनीका केही विज्ञापन उत्पादन बिक्री गर्न बाध्य पार्ने दिशातर्फ उन्मुख गराउन सक्ने पनि बताएकी छन् ।

यो फैसलापछि अल्फाबेट कम्पनीको सेयर बिहीबारको कारोबारमा १.५ प्रतिशतले घटेको छ । कम्पनीले यो फैसलाविरुद्ध अपिल गर्ने योजना बनाएको छ ।

अमेरिकी न्यायाधीश ब्रिन्किमाले विज्ञापन एक्सचेन्ज र सर्भर बजारमा गुगलको एकाधिकारले कानुन (शेरमान एन्टिट्रस्ट ऐन) उल्लंघन गरेको भन्दै यसले विज्ञापनदाता र उपभोक्तालाई नोक्सान पुर्‍याएको बताइन् ।

न्यायाधीश ब्रिन्किमाले बिहीबार आफ्नो लिखित फैसलामा कम्पनीले अवैध रूपमा एक उत्पादनमा पहुँच पाउन अर्काे उत्पादनका निम्ति भुक्तानी गर्न बाध्य बनाइएको बताएकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro