site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षक आन्दोलनप्रति झलनाथ खनालको ऐक्यबद्धता

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । बिहीबार बानेश्वर पुगेर शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।

उनले शिक्षकका जायज माग सम्बोधन नगरेकोप्रति सरकारसँग आक्रोश पोखे । “शिक्षकहरूका मागहरूलाई सरकारले सुनेको नसुन्यै गरिरहेको छ । उनीहरूका जायज आन्दोलनप्रति वेवास्ता गरिरहेको छ । यस्तो अवस्थामा सम्पूर्ण न्यायप्रेमी नेपालीहरू र सच्चा क्रान्तिकारी वामपन्थी र देशभक्त जनता र शक्तिहरूको तर्फबाट म शिक्षकहरूको यो जायज र न्यायपूर्ण आन्दोलनप्रति दृढ समर्थन गर्दछु र उनीहरूको यो आन्दोलनप्रति दरो ऐक्यबद्धता प्रकट गर्दछु,” उनले भने ।

आन्दोलनरत शिक्षकहरूका मागहरूलाई अविलम्ब सम्बोधन गर्न, शिक्षा ऐन ल्याउने कुराको ग्यारेन्टी गर्न, शैक्षिक क्षेत्रका सम्पूर्ण समस्याहरू समाधान गर्न र शिक्षकहरूलाई अविलम्ब आ–आफ्ना विद्यालयमा फर्केर नियमित पठनपाठनमा संलग्न हुने सहज वातावरण तयार पार्न समेत सरकारसँग माग गरे ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro