
काठमाडौं । सेयर बजार परिसूचक २७ अंकले बढेको छ । मंगलबार बजार २७.१४ अंकले बढेको हो । यससँगै बजार मापक २,६८९.२२ विन्दुमा पुगेको छ ।
बजार बढ्दा २१२ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ३४ कम्पनीको सेयरमूल्य घटेको छ ।
कारोबारतर्फ आठ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आज दुई करोड १८ लाख ४१ हजार कित्ता सेयर ६९ हजार ३६४ पटक खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोसी विकास बैंक, नेपाल माइक्रो इन्स्यारेन्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
बलेफी हाइड्रो, विन नेपाल लघुवित्त, एनआएबीएल स्टेबल फन्ड, आत्मनिर्भर लघुवित्त, अप्पर सोलु हाइड्रोलगायत कम्पनीको सेयरमूल्य धेरै घटेका छन् ।
बढ्दो बजारमा व्यापार र म्युचअल फन्ड समूहको सेयरमूल्य सामान्य घट्दा बाँकी समूह बढेका छन् ।