site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चेन्नाईको दोस्रो जित, अझै पुछारमै 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दोस्रो जित निकाल्ने क्रममा चेन्नाई सुपर किंग्सले लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले हराएको छ ।

आतइबार भारत रत्न श्री अटलविहारी भाजपाइ एकान क्रिकेट रंगशालामा सम्पन्न खेलमा लखनउले प्रस्तुत गरेको १६८ रनको लक्ष्य चेन्नाईले १९.३ ओभरमा पाँच विकेट गुमाएर पुरा गर्‍यो । 

चेन्नईको जितमा शिबम दुबेले ३७ बलमा अविजित सर्वाधिक ४३ रन बनाएका थिए । रचिन रविन्द्रले ३७, शशिक राशिदले २७ र कप्तान महेन्द्रसिंह धोनीले २६ रन जोडेका हुन् ।

लखनउका रवि बिस्नोईले दुई विकेट लिए । दिग्वेस राठी, आवेश खान र आइदेन मार्करमले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । 

पहिलो इनिङमा लखनउका लागि ऋषभ पन्तले ४९ बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे । मिचेल मार्शले ३०, आयुश बदोनीले २२ र अब्दुल समादले २० रन बनाए ।

चेन्नाईका रविन्द्र जोडेजा र मथिश पाथिरानाले समान दुई विकेट लिए । खलिल अहमद र अन्शुल कम्बोजले समान एक विकेट लिएका थिए ।

दोस्रो जितपछि चार अंक जोडेको चेन्नाई पुछारमै छ । ८ अंक जोडेको लखनउको प्लेअफ सम्भावना कायम छ । टोली चौथो स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro