site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुनसरीमा गोली चल्यो, दुई घाइते
प्रतीकात्मक तस्बिर ।

इनरुवा (सुनसरी) । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ स्थित रासीमा सोमबार साँझ गोली चल्दा दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा देवानगञ्ज–२ का २४ वर्षीय रवीन्द्र यादव र वडा नम्बर १ का शिवुकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।

अपरिचित व्यक्तिको गोली लागेर घाइते भएका यादवको अवस्था सामान्य रहेको र उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्का घाइते मेहता गम्भीर भएकाले विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तस्करीसँग सम्बन्धित गिरोहको विवादकै कारण गोली चलेको र गोली प्रहारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  २१:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro