site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्रम सिर्जना गर्न खोजिएका प्रयत्न विस्तारै निस्तेज हुँदै जानेछन् : राष्ट्रपति
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्टपति रामचन्द्र पौडेलले ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाइ र कमी–कमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सिर्जना गर्न खोजिएको बताएका छन् । देशवासीका नाममा नव वर्ष ०८२ को शुभकामना सन्देश दिँदै उनले यस्ता प्रयत्नहरू एक–एक गरी विस्तारै निस्तेज हुँदै जाने दाबी गरेका छन् । 

“संघीय गणतन्त्र र समावेशी लोकतन्त्रको माध्यमले सबैमा समान रुपले स्वतन्त्रताको उज्यालो एवं फराकिलो लोकमार्गमा हाम्रो मुलुक अघि बढ्दै छ । आफ्नो भाग्य र भविष्य आफैँले निर्माण गर्ने विकासको बाटोमा जनता अघि बढिरहेका छन्,” शुभकामना सन्देशमा भनिएको छ, “एउटा ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाइ र केही कमी, कमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सिर्जना गर्न खोजिएका प्रयत्नहरू एक–एक गरी विस्तारै निस्तेज हुँदै जानेछन् ।” 

समृद्धिको बाटोमा बाधक बनेर देखिने गरेको बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो सर्त रहेको उनको भनाइ छ । “आजको दिन हामी जनताको यही चाहना पूरा गर्ने संकल्प गरौं । आजको दिन राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साझा संकल्प लिएर अघि बढ्न म सम्बद्ध सबैलाई अपिल गर्दछु,” शुभकामना सन्देशमा भनिएको छ । 

नयाँ वर्षले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण नागरिकलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बन्न प्रेरित गर्ने राष्ट्रपतिको विश्वास छ । शुभकामना सनदेशमा भनिएको छ, “नव वर्ष २०८२ ले मुलुकमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्‌भावसहित समावेशी एवम् फराकिलो आधारसहितको आर्थिक विकास एवम् समृद्धि तथा सुसंस्कृत राष्ट्र निर्माणका लागि मन, वचन र कर्मले प्राथमिकताका साथ अग्रसर हुन सम्बद्ध सबैमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।”

उनले नव वर्ष ०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । प्राचीन हिन्दू परम्परा र वैदिक समयांकननमा आधारित यस शौर्य संवतले उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्ने राष्ट्रपतिको भनाइ छ । नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिन भएको उनले बताएका छन् । 

श्रमको सम्मान गर्ने संस्कृतिसहित गाउँमै रोजगारी र आम्दानी सिर्जना गरेर विदेश पलायन भइरहेको युवा जनशक्तिलाई स्वदेशमै रोक्ने वातावरण निर्माणका लागि प्रतिज्ञा गर्न उनले आह्वान गरेका छन् । आजको विश्व प्रविधिमैत्री भइसकेकाले प्रविधिमैत्री अभ्यासलाई अझ बृहत बनाई सुदृढ गर्दै लैजानुपर्ने उनको भनाइ छ । 

“कृषि, पर्यटन, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड हो,” सन्देशमा भनिएको छ, “आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्दै कृषि, पर्यटन र जलस्रोतको विकासद्वारा समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प गरौँ ।” 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  ०६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro