साहित्य

सुदूरपश्चिमको बैतडीमा जन्मिएका भुवन बोहरा गजलकारितामा भुवन निस्तेजका नामले परिचित छन् । भुवनको कार्यथलो अहिले भक्तपुर भएको छ । सानोठिमी क्याम्पसमा अध्यापनरत उनी गजलकारितामा पनि सक्रिय छन् ।
समय, परिस्थिति र घटनाले गजल लेखाउने विचार राख्ने भुवनको गजलकारिता ६० को दशकदेखि सुरु भएको हो । कविता लेखनमा रुचि भएका उनलाई गजलका भावना र प्रस्तुतिले छोयो । र, गजलमा कलम चलाउन थाले ।
२०७२ सालमा ‘त्रासद मोसम’ गजलकृति प्रकाशन गरिसकेका भुवन भन्छन्, “गजलमा त्यति विवाद छ भन्ने लाग्दैन । गजल क्षेत्रमा कुनै अभाव छ भने समालोचकको अभाव छ ।”
उनै गजलकार भुवन निस्तेजसँग बाह्रखरीको यसपटकको ‘गजल गंगा’मा गरिएको भिडियोवार्ता–
प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१ ०९:४७
प्रतिक्रिया दिनुहोस्