site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
२०८१ मा कति नेपालीले हल पुगेर हेरे नेपाली चलचित्र ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाली चलचित्र वर्षमा कति दर्शकले हेर्छन् ? कस्ता चलचित्र निर्माण हुन्छन्, कति चलचित्र बन्छन् र प्रदर्शन हुन्छन्, प्रचार कस्तो हुन्छ, रिलिज भएका चलचित्रको ‘वर्ड अफ माउथ’ कस्तो हुन्छ त्यसमा भर पर्छ । 

विसं. २०८१ मा ५९ वटा चलचित्र रिलिज हुँदा (पिताम्बर र कर्मा)बाहेक कति दर्शक सिनेमा हेर्न हलमा पुगे ? चलचित्र विकास बोर्ड स्रोतका अनुसार ०८१ मा नेपाली चलचित्र ५७ लाख ३७ हजार ७३४ जनाले हेरेका छन् । 

५७ लाख ३७ हजार ७३४ टिकट ०८१ मा बिक्री भएको छ । केही दर्शक दोहोर्‍याएर चलचित्र हेर्न जाने भएकाले यो संख्यामा केही हजार कमी हुनसक्छ । 

सबैभन्दा धेरै ‘पूर्ण बहादुरको सारङ्गी’ हेरिएको छ । यो चलचित्र १७ लाख दुई हजार ३० जनाले हेरेको तथ्यांक छ । सबैभन्दा कम ८९ जनाले ‘शिरफूल’ हेरेका छन् । 

१७ लाख दुई हजार ३० जनाले हेर्दा ‘पूर्ण बहादुरको सारङ्गी’ले ४६ करोड ८० लाख २६ हजार ६७४ रुपैयाँ ग्रसकलेक्सन भएको तथ्यांक छ । 

‘शिरफूल’ले १८ हजार ५०० रुपैयाँ ग्रसकलेक्सन गरेको छ । 

५७ लाख ३७ हजार ७३४ टिकट बिक्री हुँदा नेपाली चलचित्रले एक अर्ब ६२ करोड ६३ लाख ९३ हजार ६०२ रुपैयाँ ग्रसकलेक्सन गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro