site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पशुपतिप्रसाद’को झल्को दिने ‘के घर के डेरा : घर नं २’को टिजर
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’को टिजर सार्वजनिक भएको छ । टिजरले घर र डेराको अन्तर र यसको महत्व र अर्थबारे केही भन्ने प्रयास गरेको छ । 

प्रेम, वियोग र त्यसको छटपटी टिजरमा देख्न सकिन्छ । टिजर केही गहन संवादसहित सुरु हुन्छ । दृश्य भने पशुपति आर्यघाटबाट सुरु हुन्छ । 

निर्देशक दीपेन्द्र के खनालले खगेन्द्र लामिछानेलाई आर्यघाट पुर्‍याएर उनका सहकर्मीको कथा सुनाएका छन् । जहाँ प्रेमले जिन्दगीमा पारेको प्रभाव देखाउने प्रयास गरेका छन् ।   

समग्रमा पृथ्वी नै एक डेराको रूपमा रहेको बताएको टिजरले हरेक मान्छेले भाडा तिरिरहेको गहिराइमा पुर्‍याएर सम्झाउने प्रयास गरेको छ । त्यसैले जिन्दगीभर तेरो र मेरो भन्नुको अर्थ नरहेको टिजरमा समावेश छ । 

टिजरले ‘पशुपतिप्राद’को झल्को दिन्छ । टिजरको पहिलो सिनको सेटअप, कलाकार र टोनले ‘पशुपतिप्राद’को झल्को दिन्छ । ‘पशुपतिप्राद’को मुख्य भूमिकामा खगेन्द्र नै थिए भने निर्देशक पनि दीपेन्द्र नै थिए । 

‘के घर के डेरा : घर नं २’ जेठ २ मा रिलिज हुँदै छ । चलचित्रमा खगेन्द्रसँगै केकी अधिकारी, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरेलगायत कलाकारको अभिनय छ । 

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रको कथा  ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका छन् । उनको यो पहिलो सिनेमा हो । 

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro