देश

काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र निर्वाचित भएका छन् । पाँच हजार ५२ मतसहित निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले दुई हजार ६२१ मत पाएका छन् । मिश्रले दुई हजार ४३१ मतान्तरले उनलाई पराजित गरेका हुन् ।
नेपाल बार चुनावमा मिश्रको प्यानल नै निर्वाचित भएको हो । मिश्रको प्यानलबाट २५ मा २५ निर्वाचित भएका छन् ।
कांग्रेसनिकट डेमोक्र्याटिक लयर्स एसोसिएसनका अध्यक्षसहित १२, नेकपा एमालेनिकट प्रगतिशील व्यवसायिक लयर्स एसोसिएसन पीपीएलएका महासचिवसहित १२ र राप्रपानिकट कानुन व्यवसायीहरूका तर्फबाट बनेका एक उमेदवार विजयी भएका हुन् ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१ १३:१४
प्रतिक्रिया दिनुहोस्