site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कतारविरुद्ध नेपालको सहज जित

काठमाडौं । हङकङमा आजदेखि सुरु भएको चारदेशीय ट्वान्टी–२० शृंखलामा नेपाली क्रिकेट टिमले सहज जित निकालेको छ । नेपालले बुधबार भएको पहिलो खेलमा कतारविद्धर आठ विकेटको सहज जित निकालेको हो ।

हङकङको मोङ कोकमा भएको खेलमा कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य नेपाली टिमले १७ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले आक्रामक सुरुआत गरेका थिए । भुर्तेलले १९ बलमा चार चौका र तीन छक्कासहित ३८ रन बनाउँदा आसिफ सेखले २१ बलमा चार छक्कासहित ३३ रन बनाए । 

यी दुईले पहिलो विकेटका निम्ति ५.४ ओभरमा ८१ रनको साझेदारी गर्दै नेपाललाई आक्रामक सुरुआत दिलाएका थिए । 

यस्तै, कप्तान रोहितकुमार पौडेलले ३७ र बसिर अहमेदले ३० रन थपे । 

कतारका मुजिब–उर–रेहमानले दुई विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५१ रनको योगफल खडा गरेको थियो । 

कतारका कप्तान इक्रामुल्लाह खानले ५४ रन बनाए । साहजैब जमिलले ३१, मुजिब–उर–रेहमानले २० र मोहम्मद इर्सादले १८ रन थपे । 

नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र ललितनारायण राजवंशीले समान एक विकेट हात पारे । नेपाली राष्ट्रिय टिमबाट नन्दनको यो ‘डेब्यू’ खेलसमेत हो ।

नेपालले अब बिहीबार कुवेतसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro