site stats
बाह्रखरी :: Baahrakhari
देश
अरूको जग्गा देखाएर ४५ लाख बैना लिएको आरोपमा पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले ठगी कार्यमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । 

अरूको प्लटिङ गरेको जग्गा आफ्नो भनी देखाएर बैना लिएर ठगी गरेको आरोपमा सिन्धुपाल्चोक मेलम्चीका रामकुमार चौलागाईं पक्राउ परेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हाल काठमाडौंको गोकर्णेश्वर दक्षिणढोका बस्ने चौलागाईंले जाहेरवालासँग ४५ लाख ५० हजार रुपैयाँ बैना लिएको प्रहरीले जनाएको छ । उक्त जग्गा मालपोत कार्यालयको अभिलेखमा समेत दर्ता नदेखिएपछि उनी पक्राउ परेका हुन् । 

चौलागाईंको नाममा काठमाडौं अदालतबाट चैत २१ गते  ठगीसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो । फरार रहेकामा चौलागाईंलाई अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान दक्षिणढोकाबाट  पक्राउ गरेको हो । 

पक्राउ परेका चौलागाईलाई थप अनुसन्धान तथा कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ । 
     
निजविरुद्ध जिल्ला प्रहरी परिसर तथा मातहतका विभिन्न प्रहरी कार्यालयबाट आठवटा ठगी तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा एक करोड ७४ लाख ८५ हजाररकमबराबरको बिगो दर्ताको अभिलेख रहेको प्रहरी उपरीक्षक अंगुर जीसीले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्