site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंका वडाध्यक्षहरूलाई महानगर प्रवेशमा नगरप्रहरीको रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरीले वडाध्यक्षहरूलाई महानगर प्रवेशमा रोक लगाएका छन् ।

महानगरबाट निलम्बित प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा पुग्नुअघि गेटमा तैनाथ नगरप्रहरीले वडाध्यक्षलाई रोकेका हुन् ।

मेयर बालेन शाहको निर्देशनमा नगरप्रहरीले वडाध्यक्षहरूलाई प्रवेश गर्न दिएको छैन । नगरप्रहरीको कदमपछि वडाध्यक्ष र कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं आज (चैत २१) कार्यालय जाँदै छन् । गुरागाईं ०८१ पुस १४ गतेदेखि निलम्बनमा छन् ।

काठमाडौं टावर १२ तलाको बनाउने भनिएको थियो । तर, त्यसलाई १९ तलाको बनाउन स्वीकृति दिएको आरोपमा गुरागाईंलाई कार्यालयमा उपस्थित हुन रोक लगाइएको छ ।

महानगरले गुरागाईंमाथि छानबिन गर्न तीन समिति बनाएको थियो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै काम गर्ने वातावरण मिलाउन भनेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  ११:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro